Logo

बिर्तामोडका कुष्ठ प्रभावितहरुलाई अभिमुखिकरणसहित सामग्री हस्तान्तरण

सरसफाईमा विशेष ख्याल गर्न नगरप्रमुख महताराको आग्रह



बिर्तामोड, १२ बैसाख । बिर्तामोड नगरपालिकाले कुष्ठ प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखिकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठ प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कृष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गरेकी हुन् ।

सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई दुई घण्टाको अभिमुुखिकरण समेत प्रदान गरिएको थियो ।

जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरुमै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको बताइएको छ ।

स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोगका संक्रमित विरामीहरुको खोज पड्तालसँगै विरामीहरुको उपचारमा सहजीकरण गरिरहेको छ ।

उक्त कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गर्नु भएकाृ छ । उहाले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचारमा सहयोग लिन सूझाव दिनुभयो । नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्