Logo

कृषि ज्ञानकेन्द्र झापाको सहयोगमा समृद्धि दिदिभाई कृषि फर्मलाई ढुवानी साधन



झापा, १४ वैशाख । कृषि ज्ञानकेन्द्र झापाले समृद्धि दिदिभाई कृषि फर्मलाई ढुवानीको साधन उपलन्ध गराएको छ ।
ज्ञानकेन्द्रले आज शुक्रबार एक समारोहका बीच झापा गाउंपालिका ६ स्थित किंरातचोकमा उक्त सवारी साधन हस्तानतरण गरेको हो ।
व्यवसायीक केरा खेतीकालागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञानकेन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिनभयो । उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उहाले बतानुभयो ।

ढ्ुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको ५०÷५० प्रतिशत लगानी छ । दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरि जम्मा १६ लाखमा खरिद गरिएको सानो गाडि हस्तानतरण गरिएको हो ।
झापा गाउंपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलीयाको प्रमुख आतिथ्यता तथा समृद्धि दिदिभाई कृषि फर्मका अध्यक्ष पुजा खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा गाउंपालि वडा नम्बर ६ का वडाध्यक्ष नबिन किशोर थापाले गर्नुभएकबो थियो ।
सवारी हस्तानतरण कार्यक्रममा ज्ञान केन्द्रका सुचना अधिकारी चेतराज भण्डारी, अचार उद्यमी दिनानाथ शिवाकोटी लगायतले मनतब्य राखेका थिए । सो फर्मले झापा गाउंपालिकाको ६ र ७ नम्बर वडामा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।

कार्यक्रममा पालिका कार्यबाहक अध्यक्ष थपलीयाले दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरिेको दाबी गर्नु भयो ।

कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा उपलब्धता नुहंदा समस्या भइरहेको बताउंदै यस्ता किसीमका सहयोगले कृषकलाई राहत मिल्ने फर्मका सदस्य तथा त्यस क्षेत्रका अगुवा कृषक चन्द्र बस्नेतले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्