Logo

आइसक्रिम बेच्ने साइकल पल्टिदा एक जनाको मृत्यु



कञ्चनपुर, १६ बैशाख। कञ्चनपुरको पुनर्वासमा आइसक्रिम बेच्ने ठेला साइकल पल्टिदा एक जनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर १० दोदा स्थित धनगढी बेलौरी हुलाकी सडक खण्डमा दोदाबाट विकास बस्ती तर्फ सवार आइसक्रिम बेच्ने ठेला साइकल आफै अनियन्त्रित भई सडकबाट तल खस्न गई शनिबार साँझ चालक धनगढी उपमहानगरपालिका १५ बस्ने ३० वर्षीय नारद राना गम्भीर घाइते भएका थिए ।

उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्