Logo

सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै



काठमाडौँ, १० जेठ । समस्याग्रस्त सहकारीहरुको छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहाँको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।

यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानका कारण निष्कर्षमा पुग्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्