Logo

पेस्तोल देखाएर चितवनमा सुन पसलमा लुटपाट



चितवन, २ असार । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलमा लुटपाट भएको हो। २ जनाको समूहमा आएको लुटेरा समूहले करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन्।

उनीहरूले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ। लुटपाट गर्नेहरूले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन्।

लुटपाटमा संलग्न रहेको आशङ्कामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्