Logo

टी२० विश्वकप : अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश



काठमाडौँ, ९ असार। आइसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई इंग्ल्यान्डले १० विकेटले पराजित गरेको छ।

१ सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टाएको हो ।

जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए ।

यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका इंग्ल्यान्डसामु मात्र १ सय १५ रनमा सीमित बनेको थियो । सुपर ८ को समूह २ अन्तर्गतको खेलमा अमेरिका १८.५ ओभरमा अलआउट हुन पुग्यो ।

५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले बाँकी सबै विकेट कुनै पनि रन नजोडी गुमायो । टोलीले ६ बलको अन्तरमा ५ विकेट गुमाएको थियो ।

टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।

यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे ।

 

 

प्रतिक्रिया दिनुहोस्