Logo

इङ्ल्यान्डलाई जितका लागि भारतले दियो १७२ रनको लक्ष्य



काठमाडौं, १४ असार । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै सुर्यकुमार यादवले  ४७ , हार्दिक पाण्ड्याले २३ र रविन्द्र जडेजाले अविजित रहदै १७ रन जोडे ।

भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्