Logo

टी-२० आई क्रिकेटबाट बिदा लिने विराट कोहलीको घोषणा



काठमाडौँ, १६ असार । भारतीय टिमका पूर्वकप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको घोषणा गरेका छन् । शनिबार भारतले विश्वकप उपाधि जितेलगत्तै उनले टी-२० आई क्रिकेटबाट बिदा लिएको घोषणा गरेका हुन् ।

विराटले टी-२० आईमा कुल १२५ म्याच खेले, जसमा उनले ४ हजार १८८ रन बनाए । त्यसक्रममा कोहलीले ३८ अर्धशतक र एक शतक हिर्काए । उनले फाइनलमा ७६ रनको उत्कृष्ट पारी खेले । कोहली ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

भारतलाई सात रनले जिताउन उनको इनिङ महत्वपूर्ण रह्यो । भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो । उसले पछिल्लोपटक सन् २००७ मा टी-२० विश्वकपको विश्वकपको उपाधि जितेको थियो ।

दक्षिण अफ्रिकाको सपना भने अधुरै रह्यो । फाइनलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्