Logo

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द



काठमाडौं, १८ असार । नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। अब ४० मिनेटका लागि शेयर बजार बन्द भएको छ ।

पहिलो सर्किट ब्रेक लागेर खुलेको अर्को एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ ।

त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

प्रतिक्रिया दिनुहोस्