Logo

दुई पटक सर्किट ब्रेकपछि ४७ अंकले बढेर २१ सयमा अडियो नेप्से



 

काठमाडौं, १८ असार । दोस्रो सर्किट ब्रेकपछि शेयर बजार ४७।०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि दुई पटकसम्म सर्किट ब्रेक लगेको नेप्से परिसूचक अन्ततः ४७।०४ अंकले बढेर २१००।४३ को बिन्दुमा अडिएको छ ।

यस दिन बजारमा १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढ्दै गएको नेप्से तीव्र उतारचढावपछि बिस्तारै सम्हालिदै गएको थियो ।

कारोबारका आधारमा यस दिन १२ करोड ३३ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ एनआरएन इन्फास्टकचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्