Logo

इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा



काठमाडौं, १७ असार । इंग्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इंग्ल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो । इंग्ल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो ।

खेलको ९१औं मिनेटमा ह्यारी केनले र खेलको ९५औं मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए । यसअघि खेलको २५औं मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

अब क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ । यो खेल आगामी जुलाई ६ मा हुने छ । त्यस्तै, हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्