Logo

दोस्रो भद्रपुर झापा गोल्डकप फागुन ७ देखि



झापा, १६ असार । दोस्रो झापा गोल्डकप आगामी फागुन ७ गतेखि सञ्चालन हुने निश्चित भएको छ ।

आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने र त्यसका लागि सम्बद्ध सबै पक्ष जुट्न आह्वान गरेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिने अध्यक्ष ढकालले बताउनुभयो ।

झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्