Logo

स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश



काठमाडौं, १७ असार । जर्जियालाई हराउँदै स्पेन युरोकप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराएको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।

यसअघि हिजोको अर्को खेलमा इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले स्लोभाकियाका लागि शुरुवाती गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको पहिलो मिनेटमा इङ्ल्यान्डका ह्यारी केनले गोल गरे । अर्को गोल पनि केनले नै थपेर इङ्ल्यान्डलाई जिताएका हुन् ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ । आज हुने क्वाटरफाइनलको खेलमा फ्रान्स र बेल्जियम तथा पोर्चुग र स्लोभेनिया खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्