Logo

नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा



काठमाडौं, १९ असार । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा रोमानियालाई ३(० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए । योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ ।

त्यसैगरी, यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्