Logo

काँग्रेस पदाधिकारी बैठक: एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति



काठमाडौं, १८ असार । नेपाली काँग्रेसले राजनीतिक स्थायित्व र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको जनाएको छ ।

नेकपा एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधानमा आवश्यक संशोधन,अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न र लोकतन्त्रको रक्षाका लागि प्रमुख दलसहितको राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रवक्ता डा। महतले एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताउनुभयो ।

प्रवक्ता डा।महतले हिजो सञ्चार माध्यममा पार्टी सभापति र एमाले अध्यक्ष राष्ट्रपति रामचन्द्र पौडेल निवास शीतल निकास पुगेको भनि प्रकाशित समाचार सत्यता नभएको बताउनुभयो ।

प्रवक्ता डा। महतले पार्टी कार्यसम्पादन समितिको बैठक बसेर समझदारी अनुमोदन गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्