Logo

झापामा हात्तीको आक्रमणबाट महिला घाइते



झापा, १६ असार । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१२ किरात चौक वस्ने डिल्ली राईकी श्रीमती ५२ वर्षीया भीममाया राई घाइते भएकी हुन्।

कालिझोडा सामुदायिक वनबाट निस्किएको एउटा हात्तीले शनिबार राती किरात चौकमा पसलबाट घर जाने क्रममा राईलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ

बायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकी राईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्