Logo

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते



मोरङ, १८ असार । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार उनका छोरा भने गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्