Logo

झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ



झापा, १६ असार । झापाको दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउदै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत किशनगंज धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम शनिबार साँझ पक्राउ परेका हुन् ।

बीओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरीले चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एच ९५५५ नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार आलमको साथबाट ५ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र ३९ हजार नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ गरी उनलाई प्रहरी चौकी शरणामतिमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्