Logo

ट्वान्टी–२० विश्वकप: दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड टस जितेर पहिला वलिंग गर्दै



काठमाडौं, १३ असार । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा माइंग्ल्यान्डले टस जितेर पहिला वलिंग गर्ने निर्याय गरेको छ ।

बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो रहँदा प्रभावित बनेको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्