Logo

भारत र इङ्ल्यान्डको खेल वर्षाका कारण पुनः रोकियो



काठमाडौं, १३ असार । काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत भारत र इङ्ल्यान्डको खेल पानी परेपछि पुनः रोकिएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो ।

विराट कोहली ९ रनमा र रिसभ पन्त ४ रनमा आउट भएका छन्।

कप्तान रोहित शर्माले ३७ रन बनाएर खेलिरहेका छन्। चौथो ब्याटर सूर्यकुमार यादव १३ रनसहित क्रिजमा छन्। यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरि सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ

 

प्रतिक्रिया दिनुहोस्