Logo

सन्दीपले विश्वकप खेल्न वाटो खुल्ने : ज्ञानेन्द्र शाही



काठमाडौँ, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं संघीय सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामीछानेले विश्वकप खेल्ने वाटो खुल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्रिकेटर लामीछानेलाई विश्वकप खेल्न जानका लागि अमेरीकाले भिसा दिन अस्विकार गरेपछी सांसद शाहीले भिसा प्रक्रियाकोलागि पहल गरेको वताउनुभयो ।

सामाजिक संजालमा क्रिकेटर लामीछाने, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का समेतसंगको तस्विर सार्वजनिक गर्दै सांसद शाहीले भिसा प्रक्रियाकोलागि सरकारका सबै निकाय, प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रीसँग पहल गरेको वताउनुभयो ।

उहाले सामाजिक संजालमा लेख्नुभएको छ, “आज एका बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ । आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ ।”

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्