Logo
समाचार
प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था जानकारी

काठमाडौँ, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।

विश्वकप क्रिकेट आजदेखि: उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्‌ने

भारत, १८ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक: डा.रिजाल

ताप्लेजुङ, १८ असोज । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख

साउदी उडेको नेपाल एएयरलाइन्सको जहाज पाकिस्तानको आकाशबाट फर्कियो

काठमाडौँ, १८ असोज । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय

एसियाली खेलकुदमा ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा

काठमाडौँ, १८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५

राम्रो चालचलन भएका कैदी जेलबाहिर

काठमाडौँ, १८ असोज । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेलबाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाडौँ, १७ असोज । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

काठमाडौँ, १७ असोज । सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई

भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

धनगढी, १७ असोज । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज