Logo
समाचार
दिगो विकासका लक्ष्य पूरा गर्न वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयाँ अभाव: अर्थमन्त्री

काठमाडौँ, २८ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ‘भ्वाइस अफ साउथ समिट’ अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ, २८ पुस । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

सुर्खेत, २८ पुस । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर

अमेरिका, २८ पुस । केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौँ, २८ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ । त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अझै सुरु भएन

  काठमाडौँ, २८ पुस । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो । गठबन्धनकै प्रमुख

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाडौँ, २८ पुस । शेयर बजार बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए शपथ

बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दाङको देउखुरीमा बिहीबार आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले

नेपाली मूलका भण्डारीद्वारा अमेरिकी संसदमा गीता छोएर शपथ ग्रहण

अमेरिका, २८ पुस । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् । नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा

अमेरिकाको क्यालिफोर्नियामा आँधी: १७ जनाको मृत्यु

अमेरिका, २८ पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ । गएको मङ्गलवारदेखि सुरु आँधीमा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्