Logo
समाचार
कोरोना भाइरस: भारतमा थप १२ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौँ, ८ असार । सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सरकारले भुक्तानी गरेन स्वास्थ्य बीमा कार्यक्रमको अरबौं रकम

काठमाडौँ, ८ असार । पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारले दिने स्वास्थ्य बिमाको रकम नपाएको खुलासा भएको छ । बिमा बापतको अबौं भुक्तानी नपाउनेमा झापाको बी एण्ड सी

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ, ८ असार । स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

इस्लामावाद , ८ असार । इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ । सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरकाे तयारी

काठमाडौँ, ८ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

file photo अङ्कारा, ८ असार । टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । टर्कीले

अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

अफगानिस्तान, ८ असार । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको

लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसको कडा प्रतिक्रिया

रुस, ८ असार । सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ । कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रीलंकाले जित्यो

श्रीलंका, ८ असार । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । मंगलबार भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले