
काठमाडौँ, ४ असोज । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको

चीन, ३ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । चीनको हाङझाउमा बुधवार भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भयो ।

अर्घाखाँची, ३ असोज । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि

कैलाली, ३ असोज । टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४

सङ्खुवासभा, ३ असोज । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी-दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै

झापा, २ असोज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला

काठमाडौँ, २ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि

काठमाडौँ, २ असोज । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

काठमाडौँ, २ असोज । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ ।

रूपन्देही, २ असोज । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा