Logo
समाज
सात दिनभित्र सम्पर्कमा आउन २२ प्रहरीलाई निर्देशन

काठमाडौँ, १० असोज । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक

पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

गण्डकी, १० असोज । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम, १० असोज । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से

यु-१९ साफ च्याम्पियनसिप फुटबल: फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्दै

काठमाडौँ, १० असोज । काठमाडौँमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साँझ ५:३० बजे हुने खेलमा

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा, १० असोज । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, राजमार्ग अवरुद्ध

बैतडी, १० असोज । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय

मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज, १० असोज । बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

ओेखलढुङ्गा, ९ असोज । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका

शहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा

काठमाडौँ, ९ असोज । सहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग/कार्यालय/आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य निकायमा सरुवा गरेपछि समस्या उत्पन्न भएको छ

राउटेलाई दशैँ खर्च प्रदान

दाङ, ९ असोज । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो