Logo

यस्तो छ आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, ७ भाद्र । नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ।

हिजो अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा पाउन्डको मूल्य भने बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा छ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्