Logo

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु



झापा, १४ कार्तिक । झापाको कमल गाउँपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ साबित्रा चोकमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–८ का अन्दाजी २९ वर्षीय सागर तिम्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ करिब ६ः५५ बजेतिर दमकबाट केर्खा जाँदै गरेको प्रदेश १–०१–००१४ प ६४८९ नम्बरको पल्सर मोटरसाइकल र अर्को दिशाबाट आउँदै गरेको ना६ख ५२०२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्