काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।
सामान्यतया हरेक सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा आज मन्त्रालयहरूको संरचना पुनर्संयोजनबारे छलफल हुने सम्भावना रहेको छ। सरकार केही मन्त्रालय खारेज गर्ने तथा केहीलाई गाभेर नयाँ स्वरूप दिने तयारीमा रहेको बताइएको छ।
यसैगरी, बैठकमा सरकारको प्रस्तावित सयबुँदे कार्ययोजनामाथि पनि विस्तृत छलफल हुने जनाइएको छ। नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।





