Logo

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं, ६ जेठ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना औँल्याइएको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । यी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्