काठमाडौं, ९ जेठ । आज २०८३ साल जेठ ९ गते शनिबार परेको छ । आज अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि तथा युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती पनि हो ।
हिन्दु धर्मअनुसार शनिबारलाई शनिदेव को विशेष दिन मानिन्छ । शनिदेवलाई कर्मफलदाता देवताको रूपमा पूजा गरिन्छ । धार्मिक मान्यताअनुसार कडा परिश्रम, अनुशासन र धर्मको मार्ग पछ्याउने व्यक्तिमाथि शनिदेव प्रसन्न हुने विश्वास छ ।
शनिबार तेल दान गर्नु, कालो तिल दान गर्नु तथा पीपलको पूजा गर्नु शुभ मानिन्छ । पीपलको रूखमा पानी चढाउँदा सकारात्मक फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यस्तै, शमीको रूख पूजा गर्ने तथा हनुमान मन्दिरमा सर्स्युको तेलको दीप बालेर हनुमान चालीसाको पाठ गर्दा पनि शुभ हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
छालाका जुत्ता–चप्पल दान गर्नु पनि शनिबार शुभ कार्यका रूपमा लिइन्छ ।








