काठमाडौं, १० जेठ । आज २०८३ साल जेठ १० गते आइतबार, अधिक जेठ शुक्ल पक्षको नवमी तिथि परेको छ। हिन्दू धर्मावलम्बीहरूले आज सूर्य देव को विशेष पूजा–आराधना गर्ने गर्दछन्।
धार्मिक मान्यताअनुसार आइतबार सूर्य देवको पूजा गर्नाले समाजमा मान–सम्मान प्राप्त हुने, आत्मबल बढ्ने तथा कुण्डलीमा रहेको सूर्यदोष हट्ने विश्वास गरिन्छ।
पूजा विधिअनुसार बिहान स्नान गरी मन्दिरमा दर्शन गर्ने र सूर्य देवलाई जल अर्पण गर्ने गरिन्छ। त्यसपछि रातो फूल, रातो चन्दन, गुडहलको फूल, चामल तथा गुडबाट बनेका मिठाइ चढाइने परम्परा रहेको छ।
धर्मशास्त्रमा सूर्य मन्त्र जप गर्नुलाई पनि विशेष फलदायी मानिएको छ।








