मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज यहाँहरूको लागि मित्रता र सहकार्य महत्वपूर्ण रहनेछ। घरपरिवार र सामाजिक सम्बन्ध बराबर रुपमा राख्दा फाइदा मिल्नेछ। कार्यगर्दा स्वास्थ्यमा पनि केही ध्यान अवश्य राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कार्यक्षेत्रमा प्रगति र सफलता मिल्ने योग छ। मानसिक ऊर्जा उच्च रहनेछ तर शारिरिक स्वास्थ्य सामान्य रहला। छोटो लाभदायक यात्राको योग बन्दैछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज यहाँहरूको लागि नयाँ योजनाहरू फाईदाजनक रहनेछ। घरपरिवार र मित्रसँगको समयले मनमा हर्ष र उल्लास ल्याउनेछ। निर्णय गर्ने कुरामा ठुलावडाको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज यहाँहरूको लागि घरपरिवारसँग समय बिताउने योग छ। आराम र विलासितामा मन गईरहनेछ। पढाईलेखाईमा विद्यार्थीहरूलाई सफलता र उत्कृष्ट नतिजा हात लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक सहयोग फाइदाजनक रहनेछ। मातृपक्षसँगको भावनात्मक सम्बन्ध अझै बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक क्षेत्रमा लाभ कमाउने अवसर प्राप्त हुन सक्छ। सन्तुलित व्यवहार र सही बोलीले लाभ पुर्याउनेछ। स्वास्थ्यमा सजगता अपनाएर कार्य अगाडि बढाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ नोकरीको लागि गरिरहेको प्रयत्नमा सफलता मिल्नेछ। आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। समाजमा वा मांगलिक कार्यमा सहभागी हुन पाइएला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। युवाहरू करियरलाई लिएर चिन्तित रहनेछन्। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शुभचिन्तकहरूको सहयोगले कार्य समयमा सम्पादन हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यको लागि खानपानमा र रहनसहनमा विशेष ध्यान पुर्याउनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अप्ठ्यारा चुनौतीहरू पन्छाउने समय रहेको छ। रोकिएको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्ला। भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।






