Logo

आज २०८३ साल कार्तिक २ गते सोमवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मनोरञ्जनपूर्ण कार्य रहला। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछन्। दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। ‘धैर्य नै सफलता हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ‘फरक सोचले नै फरक सफलता मिल्नेछ’ भन्ने विचार राख्नुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

 सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्र सफलता प्राप्त गर्न सकिएला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। दिनको उत्तरार्धमा भने स्वादिष्ट परिकार खान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। ‘व्यवस्था नै प्रगति हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिन्छ। आजको मन्त्र- भिन्नता नै वास्तविक पहिचान हो। भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सहकर्मीबाट विरोध आउँदा गलत निर्णय लिन पुगिएला, सोचविचार गर्नु पर्छ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वादिष्ट र सुखद भोजन मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ रहला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आम्दानी प्रशस्तै बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। यात्रामा सावधानी अपनाउनु होला। साँझमा धनलाभ हुन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। साँझमा मित्रले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। आजको मन्त्र- धैर्य नै दृढ सफलता हो।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिएला। कला र गलाको प्रभाव बढ्नेछ। मनोरञ्जनमा सहभागी भइनेछ। कतै भ्रमणको योजना बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्