मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा अध्यात्म भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरुको सहयोग मिल्लेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिला लिएका ऋणहरूबाट मुक्ति मिल्नेछ। आय अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा सहभागी भएर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइएला। निजी सम्पर्कले व्यावसायिक लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। धार्मिक कार्यहरूमा व्यस्तता बढ्नेछ। परिस्थिति आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कार्यक्षेत्रमा भागदौडले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। ठूला दाजु वा प्रियजन प्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। बौद्धिक क्षेत्र फराकिलो हुनेछ। उद्योग व्यापारमा विशेष लाभ आर्जन गर्न सकिनेछ। अनावश्यक विषयबाट टाढा रहने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुको विषयमा चासो लिँदा आफै समस्यामा परिएला। व्यवहार गर्दा सजग रहनुहोला। स्वास्थ्यमा खानपिनलाई लिएर विशेष ध्यान दिनुहोस्। मनमा अनावश्यक कुराकानी खेल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साहसिक कार्य गर्ने समय रहेको छ। मन पर्ने वस्तु उपहार रूपमा प्राप्त होला। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। बाटो काट्दा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पठनपाठनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा बोलि बिक्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
केही पाउनको लागि केही कुरा त्याग गर्नुपर्ला। पायक स्थानमा भ्रमणका योग छन्। मेहनतीहरूको लागि समय लाभदायी रहनेछ। अरूलाई लिएर नकारात्मक धारणा नबनाउनुहोस। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।





