Logo

काँकडभिट्टाबाट ब्राउन सुगरसहित काठमाडौंका दुई युवक पक्राउ



झापा, ११ जेठ । काँकडभिट्टा लाई लागूऔषध ओसारपसारको ट्रान्जिट पोइन्टका रूपमा प्रयोग भइरहेको अवस्थामा प्रहरीले ब्राउन सुगरसहित काठमाडौंका दुई युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा का अनुसार मेचीनगर–६ स्थित पुरानो मेची पुलबाट काठमाडौं महानगरपालिका–२५ असनचोकका ४० वर्षीय अजय चित्रकार र काठमाडौं–२३ ओमबहाल टोलका ३७ वर्षीय सुशील मानन्धर पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित १५ ग्राम १०० मिलिग्राम तथा प्लास्टिकबाहेक १२ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो इकाई कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट सिटी रिक्सा चढेर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा अजय चित्रकारले लुकाइछिपाइ ल्याएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्