Logo

कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ



काठमाडौं, १३ असार । आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकोमा उनलाई गएराति चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरणलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्