झापा, २८ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा सर्पले डस्दा २० वर्षीया युवतीको मृत्यु भएको छ।
बुद्धशान्ति–३, गोसलाइनकी मिना राईकी छोरी अनुसा राईलाई शनिबार राति करिब ८ः२० बजे आफ्नै घरको कोठामा जाने क्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो।
सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेको अवस्थामा अनुसाको मृत्यु भएको प्रहरीले जनाएको छ।






