Logo

टप एन्ड टी–२० : नेपाल ‘ए’ ले आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दै



काठमाडौं, ५ भाद्र । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ ले आज आयोजक एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ(क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।

नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। आज एनटी स्ट्राइकसँग खेलेपछि नेपालले अगस्ट २२ मा बङ्गलादेश ‘हाइ–परफर्मेन्स’, अगस्ट २४ मा हरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स तथा त्यसपछि किङ्समेन र भिक्टोरियासँग खेल्नेछ।

अघिल्लो संस्करणमा नेपालले ६ खेल खेल्दा २ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्