Logo

टप एन्ड टी–२० मा नेपाल ‘ए’को लगातार दोस्रो जित, एसिटीमाथि ४ विकेटको शानदार विजय



काठमाडौं, १० भाद्र । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो जित निकालेको छ। नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

एसिटीले दिएको १४० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ६१ रनको महत्वपूर्ण योगदान दिए।

यस्तै, पवन शर्राफले २२ बलमा तीन चौकासहित अविजित २९ रन बनाए। मयन यादवले २१ तथा लोकेश बमले १२ रन जोडे।

एसिटीका ज्याक केओघले तीन तथा जीत मेहताले दुई विकेट लिए पनि नेपाललाई जितबाट रोक्न सकेनन्।

यस जितसँगै नेपाल ‘ए’ले टप एन्ड टी–२० मा आफ्नो प्रदर्शनलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्