Logo

दीपेन्द्रको कप्तानीमा एसियन गेम क्वालिफायरका लागि टोली घोषणा



काठमाडौं, १० जेठ । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा एसियन गेम क्वालिफायर खेल्ने टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर ऐरीलाई कप्तान तोकेको हो । १४ सदस्यीय टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन्।

उनीहरुबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।

एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ।

नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्।

प्रतिक्रिया दिनुहोस्