Logo

देशभर मौसम बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं, २८ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा विभिन्न न्यून चापीय प्रणालीहरूको आंशिक प्रभाव कायम रहेको जनाएको छ। यसको असरका कारण देशका धेरै क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिमसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। ती क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्