Logo

धनुषामा निषेधाज्ञा हट्यो



धनुषा, १८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकामा लगाएको निषेधाज्ञा हटाएको छ ।

सरकारसँगको सहमतिपछि आन्दोलनरत हिन्दुवादी संघसंस्थाहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सोमबार बिहानदेखि निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको र जनजीवन सामान्य बन्दै गएको छ ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जनाएको छ ।

सुनसरीको कप्तानगञ्ज घटनापछि तराई–मधेश क्षेत्रमा आन्दोलन चर्किँदा अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्