Logo

पहिलो जितको खोजीमा नेपाल, आज आयोजक नेदरल्यान्ड्ससँग भिड्दै



फाइल तस्बिर

काठमाडौं, ७ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।

शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल आजको खेल जित्दै पहिलो अंक जोड्ने लक्ष्यमा रहेको छ। शीर्ष स्थानको प्रतिस्पर्धामा आफूलाई कायम राख्न नेपालका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ।

यस शृंखलामा नेपालले जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

पहिलो खेलको हारपछि दबाबमा रहेको नेपाल आज उत्कृष्ट प्रदर्शन गर्दै विजयी लय समात्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्