काठमाडौं, ५ जेठ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजेबाट बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै, आजको बैठकमा आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।








