काठमाडौं, ३१ भाद्र । २०८३ साल भदौ ३१ गते बुधबार अर्थात् सन् २०२६ सेप्टेम्बर १६ तारिख । भदौ शुक्ल पक्षको पञ्चमी तिथि । हिन्दू धर्ममा बुधबारलाई विशेष धार्मिक दिनका रूपमा लिने गरिन्छ ।
हिन्दू परम्पराअनुसार सातै बारलाई विभिन्न देवी–देवतासँग जोडेर पूजा तथा व्रत गर्ने चलन छ । विशेष व्रत तथा उपवासबाहेक पनि धेरै धर्मावलम्बीले आफूलाई अनुकूल पर्ने दिनमा देवी–देवताको पूजा गरी व्रत बस्ने गरेका छन् ।
बुधबारलाई ‘बुध’ ग्रहका लागि समर्पित बार मानिन्छ । धार्मिक मान्यताअनुसार यस दिन कृष्णको पूजा तुलसीको पातले गर्ने परम्परा छ । नयाँ कामको सुरुवातका लागि पनि बुधबारलाई शुभ मान्ने गरिन्छ ।
त्यस्तै, बुधबार कृष्ण भगवानको व्रत तथा पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस दिन गरिने केही धार्मिक तथा दान–पुण्यका कार्यले जीवनमा सकारात्मक प्रभाव पार्ने जनविश्वास रहिआएको छ ।
बुधबार गरिने धार्मिक कार्य
हिन्दू धर्ममा गाईलाई पूजनीय मानिन्छ । धार्मिक मान्यताअनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ ।
त्यस्तै, बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुने धार्मिक विश्वास छ । गणेश भगवानलाई सिन्दुर चढाउँदा मनोकामना पूरा हुने जनविश्वाससमेत रहेको छ ।
जन्मकुण्डलीमा बुध ग्रहसम्बन्धी दोष भएका व्यक्तिले बुधबार गणेश भगवानलाई लड्डु चढाउँदा लाभ मिल्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको बताइन्छ ।






