श्रीलङ्का, ३१ भदौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो ।
श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाएका थिए ।
यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाएका थिए । ।
बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिएका थिए भने हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिएका हुन् ।