Logo

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै



काठमाडौं, १८ कार्तिक । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री बालेन्द्र साह बालेनको मंसिर पहिलो साता हुने भारत भ्रमणको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका मिश्रीले आजै राईसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् ।

त्यसक्रममा प्रधानमन्त्री साहको आगामी मंसिर ६ देखि ८ सम्मको भारत भ्रमणको तयारी तथा एजेन्डाहरूबारे छलफल गर्ने कार्यक्रम छ ।

स्रोतका अनुसार मिश्रीले काठमाडौंमा प्रधानमन्त्री साह र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नेछन् ।

मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्