Logo

मेचीनगरमा जंगली हात्तीको आक्रमण, ६२ वर्षीया महिलाको घटनास्थलमै मृत्यु



झापा, ३१ जेठ । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धा महिलाको ज्यान गएको छ। आज बिहान करिब ४ः५५ बजे मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परेकी हुन्।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित बनाएको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्