Logo

मेचीनगरमा पानीमा डुबेर एक जनाको मृत्यु



झापा, १७ असार । झापाको मेचीनगरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–७ स्थित गोमनसरी टोल विकास संस्थानजिकै पानीमा डुबेको अवस्थामा करिब ५० वर्षीय सञ्जय सोरेन मृत फेला परेका हुन्।

प्रहरीका अनुसार घटनास्थल नजिकै पालिया नहर रहेकाले उनी नहरमा डुबेर बगिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दैनिक ज्यालादारी मजदुरी गर्दै आएका सोरेनको शव उनकी छोरीले सनाखत गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्